एलाइड वर्क फोर्स सोलुशन एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा एलाइड वर्क फोर्स सोलुसन एन्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गोरेस ग्रुपका सीईओ नकाटा सुनिचीले सेन्टरको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सुनिचीले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको जिकिर गरे ।
एलाइडका अध्यक्ष प्रकाश श्रेष्ठले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै भने, “हामी दक्ष तालिम र रोजगारी अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढिरहेका छौँ। यस किसिमका संस्थाले नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदान गर्न मद्दत गर्नेछन्।”
विशेष अतिथि नेपाल सङ्घीय वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव कर्ण कटवालले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको बताए ।
इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले संस्थाको सफलताको कामना गर्दै शिक्षा परामर्श तथा वैदेशिक रोजगारी क्षेत्रबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे । इक्यान अध्यक्ष शेषराज भट्टराईले शिक्षा परामर्श र वैदेशिक रोजगारी क्षेत्रबिच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सबै अतिथिहरूले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिएका थिए ।