गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटले जित्यो

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ । यसैगरी महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो ।
माछापुच्छे–७ धम्पुसमा शनिबार सम्पन्न भएको फाइनल खेलमा अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३–१ सेटमा हराउँदै च्याम्पियन बन्यो । गलकोटले २५–२०, २५–१२, १६–२५ र २५–२०ले खेल आफ्नो पक्षमा पारेको थियो ।
च्याम्पियन बनेको गलकोटले नगद रु दुई लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता शुक्ला गण्डकीले नगद रु एक लाख, ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सेमिफाइनल पुगेका बागलुङको निसिखोला गाउँपालिका नवलपुरको बौदीकाली गाउँपालिकाले रु ५० हजारका दरले पुरस्कार पाए ।
पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी घोषित भए । शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मीन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूलाई पालिकाको लोगोअङ्कित खेलकुद पोशाक पुरस्कार प्रदान गरिएको थियो ।
महिलातर्फ उपाधि चुमेको शान्ता भलिबल ट्रेनिङ सेन्टरले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी बागलुङ नगरपालिका बागलुङ द्वितीय भई नगद रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सेमिफाइनलनमा उपविजेता बनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘बी’ले नगद रु २५–२५ हजार प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिताको महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टरकी निरुता शाही उत्कृष्ट खेलाडी, बागलुङ नगरपालिकाकी सोडा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिबल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनिशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार संघको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)