त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी
आइतबार, १८ फागुन २०८१, ०७ : १८

काठमाडौँ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ ।
आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।
एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्ः