सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, १८ फागुन २०८१, ०६ : ५९
आइतबार, १८ फागुन २०८१

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । सोमबार मध्यान्हबाट प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । व्यापार, उद्योग तथा सेयर बजारमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सन क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । सबै खाले व्यापार, उद्योग तथा पुँजी बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप समय लगानी गर्नेहरूका लागी साताको समय उत्तम रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पैतृक सम्पत्ति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । राजनीतिकर्मी तथा सामाजिक क्षेत्रमा समय खर्च गर्नेहरूका लागी साताको समय उत्तम रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दै समाजमा स्थापित हुन सकिनेछ । उद्योग तथा व्यापारबाट लाभ लिन सकिनेछ भने व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ । शुक्रवार साँझबाट यात्रा गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ । आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । सोमबार मध्यान्हबाट शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । साताको अन्ततिर खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यातित हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने, नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । सामूहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । पारिवारिक यात्रा वा शुभ तथा माङ्गलिक सभा समारोहमा क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । साताको मध्यतिर नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले यात्राको अवसर जुराउनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साताको अन्ततिर लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । बुधबार साँझबाट शुक्रवार बिहानसम्मको समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली बिलासी रहनेछ ।  नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । सबै खाले व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । साताको अन्ततिर आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । सोमबार मध्यान्हबाट व्यापार, उद्योग तथा सेयर बजारमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ । साताका अन्ततिर मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको समय राम्रो रहेकोले छोटो तथा रमाइलो यात्राको तय हुनेछ । यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । उत्पादित उद्योगमा लगानी बढाई लाभ लिन सकिनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को  खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । साङ्गीतिक तथा फिल्मी क्षेत्रमा समय र पैसा लगानी गर्नेहरूका लागी साताको समय उत्तम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहकोले वनभोज तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । बुधबार साँझबाट शुक्रवार बिहानसम्मको समय मध्यय रहेकोले आफन्त तथा आमासँग मनमुटाब बढ्ने योग रहेको छ भने टाढिएर यात्रा गर्नुपर्दा मन दुखी हुनेछ । घर जग्गाको खरिद बिक्री गर्दा जा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । बोलिएको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ ।  वित्तीय बजारमा प्रवेश गरी नाफा कमाउन सकिनेछ ।  आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । साताको अन्त अर्थात शुक्रवार मध्यान्हबाट सवारी साधन चलाउँदा वा यात्रा गर्दा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप

छुटाउनुभयो कि ?