मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल

आइतबार, १८ फागुन २०८१, ०५ : २३
आइतबार, १८ फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन १८ गते, आइतबार । ईश्वी सन् २०२५ मार्च २ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–तृतीया,४५ घडी ३४ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराभाद्रपदा, १४ घडी १२ पला, दिउसो १२ बजेर १२ मिनेट उप्रान्त रेवती । योग–शुभ, २३ घडी ४० पला, दिउँसो ३ बजेर ५८ मिनेट उप्रान्त शुक्ल । करण–तैतिल, दिउसो १ बजेर ५३ मिनेट उप्रान्त गर, रातको १२ बजेर ४३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान २८ घडी ५६ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ३० मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखि बिहान ९ बजेर २३ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ४५  मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म रोग बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३७ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर ३८ मिनेटदेखि बेलुकी ७ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ६ बजेर ४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट  : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५४ मिनेटदेखि बिहान ५ बजेर ४२ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन्, ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन भने वित्तीय  क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्ने योग रहेकोछ । र, पनि लामो दुरीको  यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्  भने श्रमको उचित मूल्यांकन हुनेछ । शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। व्यापार तथा वित्तीय क्षेत्रबाट प्रशस्त लाभ हुनेछ । दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ । भविष्यका लागि काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगीबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईंको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार, उद्योग तथा शेयरबजारको लगानीबाट आम्दानीका बाटाहरु फराकिला पार्न सकिनेछ ।
 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) कल्याणकारि तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) स्वास्थ्य बिग्रनाले  रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकुल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्गाजमिनको कारोबारले आर्थिक तनाव हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)ं व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग भेट हुनाले मन प्रफुल्लित हुनेछ । व्यापार तथा शेयर बजारबाट आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाइको क्षमताको कदर गर्नेछन् । व्यापार तथा पुँजी बजारमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रका साथ रमाइलो यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागि हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । र,पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग, शेयर बजार वा रचनात्मक काम गरि आम्दानी बढाउन सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिस्पर्धामा तपाईंको जीत हुनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्ययमबाट राम्रा तथा परिणामूखि काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमाा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई पिवश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ । शेयरबजार तथा उद्योगमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । व्यापारमा नयाँ प्रविधिको प्रयोग गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् ।

तपाईंंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप