सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध

सर्लाही । मधेस प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको छ । जसमा दुई ओटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिले अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह सहितको टोलीले शनिबार सर्लाहीको हरिवन स्थित अस्पतालहरूको अनुगमन गरेको थियो ।
मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको पाइएको छ ।
प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ । यसका साथै, सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत