महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
शनिबार, १७ फागुन २०८१, २३ : १३

काठमाडौँ । बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा आज महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरिएको छ ।
सफाइ अभियानकर्मी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय सङ्घसंस्था, तिलगङ्गा महिला समूहलगायतको उपस्थितिमा फोहर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्रममा पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उनले बताए ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई सफा राख्न तिलगङ्गा महिला समूहले एकमहिने अभियान सञ्चालन गरेको थियो । बाग्मती सफाइ महाअभियानको ६१४औँ हप्ताको सफाइ पनि पशुपति क्षेत्रमै गरिएको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो