काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल

काठमाडौँ । काठमाडौँमा चिनियाँ राष्ट्रपति सी जिन पिङको विचारसँग जोडिएको ‘भौतिक र संस्कृति नैतिक उन्नति : संस्कृतिमा सी जिन पिङको विचार’ विषयक राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । शनिवार आयोजित सो कार्यशालामा चिनियाँ राष्ट्रपति सीले अघि सारेका सांस्कृतिक सुधार र प्रगतिसँग जोडिएका विचारबारे बहस भएको हो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँ विकास भएको भौतिक र सांस्कृतिक, नैतिक प्रगतिका बारेमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।
उनले राष्ट्रपति सीले अघि सारेका विचार नेपालका राजनीतिक दलहरूले पनि अनुसरण गर्नुपर्ने बताउँदै त्यसलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिए । नेपालका राजनीतिक दलहरूले पनि यो विचारबाट सिक्दै उच्च नैतिक चरित्र प्रदर्शन गर्न सक्नुपर्ने उनको भनाई
मन्त्री पाण्डेले नेपाललाई सुरक्षित पर्यटन क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको र त्यसले चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउन सहयोग पुग्ने विचार समेत व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङ, बागमती प्रदेशका सांसद उद्धव थापा, प्रोफेसर अतुल कोइराला लगायतले मन्तव्य राखेका थिए । राष्ट्रपति सी नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ कार्यसमितिको तेस्रो बैठकले ‘सांस्कृतिक क्षेत्रमा गहन सुधार’ सम्बन्धी विषय पारित गरेको थियो ।
सो बैठकद्वारा पारित कार्यक्रमले चीनलाई आधुनिक समाजवादी बाटोमा प्रवेश गराएको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले बताउँदै आएको छ । कार्यक्रममा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र ती कार्यक्रमका तस्बिरहरू समेत प्रस्तुत गरिएको थियो । साथै कांग्रेस नेतृ सुजाता कोइराला नेतृत्वको टिमले गरेको चीन भ्रमणका तस्बिरहरूलाई समेत कार्यक्रममा देखाइएको थियो ।
कार्यशालामा पर्यटन व्यवसायी रुद्र थपलियाले मन्त्री पाण्डे, राजदूत सङ, सांसद थापा र प्रोफेसर कोइरालालाई दोलखाको नयाँ पर्यटकीय गन्तव्य शैलुङको ग्रेटवालसहितको फोटो मायाको चिनो स्वरूप हस्तान्तरण गरेका थिए । कार्यक्रम Friends on the Cloud : Platform of Influencers Nepal का अध्यक्ष सोभित उप्रेतीको अध्यक्षतामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो