बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
शनिबार, १७ फागुन २०८१, २२ : ५१

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर स्थानीय ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सोही ठाउँका सुरेन्द्र घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको राससले समाचारमा उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार