शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

शनिबार, १७ फागुन २०८१, २० : ४६
शनिबार, १७ फागुन २०८१

रुपन्देही ।  सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि रुपन्देहीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग शुल्क असुली गरेको भन्दै अभिभावकले विरोध गरेका छन् । 

सम्मरीमाई गाउँपालिका–७ स्थित कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँले कक्षा छदेखि १० सम्मका विद्यार्थीहरूसँग आन्तरिक मूल्याङ्कनको बहानामा शुल्क असुली गरेको अभिभावक विजय मिश्रको आरोप छ । शैक्षिकसत्र विसं २०८१ को अन्तिम परीक्षा अवधिमा प्रतिविषय रु ३० का दरले शुल्क उठाई शिक्षकहरूले आफूखुसी व्यक्तिगत रूपमा बाँडफाँट गरेको उनले बताए ।  

विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले पनि उक्त रकम विद्यार्थीहरूको शैक्षिक सुधार तथा आन्तरिक मूल्याङ्कनमा खटिने शिक्षकहरूका लागि लिइएको स्वीकार गरे । 
गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौंड र शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देहीका प्रमुख माधव बन्जाडेले सार्वजनिक विद्यालयका विद्यार्थीहरूबाट त्यस्ता कुनै शुल्क लिनु र व्यक्तिगत रूपमा बाँडफाँट गर्नु गैरकानुनी भएको भन्दै लिइसकेको शुल्क फिर्ता गर्न निर्देशन गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?