आइतबार, १८ फागुन २०८१
ताजा लोकप्रिय

ऋतिक रोशनको संकेत - 'जिन्दगी ना मिलेगा दोबारा'को सिक्वेल आउने

शनिबार, १७ फागुन २०८१, २० : ३३
शनिबार, १७ फागुन २०८१

एजेन्सी । बलिउडको हिट फिल्ममा दर्ज भएको 'जिन्दगी ना मिलेगा दोबारा'को दोस्रो पार्ट बन्ने अभिनेता ऋतिक रोशनले संकेत गरेका छन्। बलिउड स्टार अभिनेताले यसबारे खुलाएका हुन् । 

इन्स्टामा आज एक पोस्ट गर्दै फिल्मको दोस्रो पार्ट बन्ने अड्कलबाजीलाई उनले अझ तीव्रता दिएका छन्। 

ऋतिक स्टारर फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ रिलिज भएको झण्डै १३ वर्ष भइसक्यो तर समयसँगै दर्शकमाझ यसको क्रेज बढ्दै गएको छ ।

यसैबीच ऋतिक रोशन, फरहान अख्तर र अभय देओलसहितको उक्त पोस्टले फ्यानहरू निकै खुसी देखिएका छन् । उनीहरूको उक्त पोस्ट र भेटलाई फिल्म बन्नुको कारण मानिएको छ। 

ऋतिक र अन्य दुई कलाकारले इन्टामा राखेको उक्त पोस्टको क्याप्सनमा लेखेका छन् - ‘समय लाग्यो, तर हामीले अन्ततः यस भन्यौँ । यद्यपि पार्ट २ बनाउने विषयमा भने अघिल्लो फिल्मका निर्माताहरूले यस सम्बन्धमा कुनै आधिकारिक घोषणा भने गरेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?