जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी छ : अध्यक्ष प्रचण्ड

सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत शनिबार सिरहामा आयोजित जनसभालाई सम्बोधन गर्दै दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले कथित संविधान संशोधनको नाममा यो खेल अझै जारी रहेको बताए । उनले भने, ‘अहिले सरकारमा रहेका दलहरू नै कथाकथित संविधान संशोधनको कुरा गरेर जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्ने, कुत्सित चालमा लागेका छन् । संविधान उल्ट्याउनेहरू अझै सक्रिय छन् ।’
उनले ठुलो बलिदानबाट प्राप्त संविधान रक्षाको लागि आफ्नो पार्टीले अन्तिम समयसम्म लडिरहने जिकिर गरे । उनले मधेसी जनताको पक्षमा र आत्म सम्मानको लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको बताए ।
हुलाकी राजमार्गअन्तर्गत कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीको तर्फबाट साथ सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
जनसभामा नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव, पार्टीका उप–महासचिव मातृका प्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता