पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
शनिबार, १७ फागुन २०८१, १९ : ४४

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको सूचनामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।
आईएसपीआरको उत्तरी वजिरिस्तान जिल्लामा अपरेशनको क्रममा सुरक्षा बल र आतङ्कवादीहरू बीचको भिडन्तमा ६ आतङ्ककारी मारिएका छन् ।
मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।
आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनको लागि उन्मूलन अपरेशन सञ्चालन भइरहेको बताएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट नवीकरणमा सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’