वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल निकट संघीय कानुन व्यवसायी संघ (एफएलए) केन्द्रीय कार्यसमिति पुनर्गठन भएको छ । जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार आयोजित कानुन व्यवसायीहरूको एक भेलाले वरिष्ठ अधिवक्ता वीरेन्द्र कुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।
कानुन व्यवसायीहरूको उक्त छाता संगठनको उपाध्यक्षमा अधिवक्ता दीप नारायण यादव, भगवती सुवेदी र किरण कुमारी साह चयन भएका छन् भने महासचिवमा अधिवक्ता प्रीति रमण र सचिवमा साया खड्का चुनिएका छन् ।
यसैगरी, समितिको सदस्यमा विमला विश्वकर्मा, उमाशंकर देव, अस्मिता थापा, रशना यादव, रामचन्द्र महतो, मोहम्मद समिम, सुरेन्द्र कुर्मी र घनश्याम शर्मा चयन भएका छन् । समितिको केन्द्रीय सल्लाहकारमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंहलाई चयन गरिएको छ ।
यही चैत्र २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य दलसँग सम्बद्ध कानुन व्यवसायीको संगठनहरुसँग वार्ता, छलफल र सहकार्य गरी उम्मेदवारी दिने निर्णय भएको छ । सोका लागि बैठकले मिथिलेश कुमार सिंह, विमला विश्वकर्मा, आशा राई र वीरेन्द्र कुमार ठाकुरलाई जिम्मेवारी तोकेको छ ।
यसअघि संघको केन्द्रीय अध्यक्ष रहेका अधिवक्ता दीपक राई अन्य पार्टी निकटको संगठनमा आबद्ध भइसकेकोले साधारण सदस्य समेत नरहने गरी बैठकले उनलाई निष्कासन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन