शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
हास्यव्यङ्ग्य बहस

रोस्टिङ कमेडी अलि सजिलो

तर, कमेडी भन्दैमा जे र जसरी पनि प्रयोग गर्न मिल्दैन
शनिबार, १७ फागुन २०८१, १९ : ३०
शनिबार, १७ फागुन २०८१

म पछिल्लो समय कमेडी सो ‘कमेडी दरबार’को लेखक तथा कलाकार हुँ । कमेडीप्रति मेरो लगाव सानैदेखि थियो । स्कुल पढ्दा पनि विभिन्न क्यारिकेचर–जोक्स गर्थें । त्यो समय रहरले गर्थें, त्यही रहरले मलाई ‘कमेडी च्याम्पियन सिजन– २’ सम्म पुर्‍याएको थियो । त्यसमा उत्कृष्ट पाँचभित्र परेर बाहिरिएपछि कमेडीमा मेरो व्यावसायिक यात्रा सुरु भयो । 

सुरुमा बिक्की अग्रवालको सो ‘आमा कसम यहाँ दुख्छ’ मा लेखकको रूपमा काम गरेँ । यतिखेर ‘कमेडी दरबार’मा लेखकको रूपमा छु । 

स्कुले जीवनमा धेरैको प्रशंसा र हौसला पाउँथेँ । ‘कमेडी च्याम्पियन सिजन– २’ बाट राष्ट्रिय रूपमा चर्चा पाएँ । अहिले ‘कमेडी दरबार’ले मेरो कमेडी यात्रालाई अझै राम्रो बनाएको छ । यसमा कमेडियन र नन्–कमेडियनको समिश्रण छ । त्यसले गर्दा धेरै कुरा सिक्न र जान्ने अवसर मिलिरहेको छ ।

के हो कमेडी ? मानिसहरू प्रश्न गर्छन् । मेरो विचारमा कमेडीको त्यस्तो ठ्याक्कै अर्थ छैन, छ भने मलाई थाहा नभएको पनि हुन सक्छ । अहिलेसम्मको मेरो बुझाइमा मानिसहरूको मुहारमा जे–कुरोले हाँसो ल्याउन सक्छ, त्यही नै हो कमेडी । केही लेखेर, बोलेर मात्र कमेडी हुन्छ, हँसाउन सकिन्छ भन्ने होइन हाउभाउ लगायत विभिन्न तरिकाबाट पनि हँसाउन सकिन्छ ।

  • प्रस्तुति 

म लेखन र प्रस्तुति दुवै गर्दै आएको छु । यी दुई विधामा मलाई प्रस्तुति अलि गाह्रो लाग्छ । कमेडी लेखन जहाँ बसेर जसरी गर्दा पनि भयो । प्रस्तुति त वेशभूषा, हाउभाउसहित कमेडी पन्चिङ दिनुपर्छ ।

स्टेज छिरेपछि दर्शक कस्तो हाँस्छन् भन्ने सुरुका दुई लाइन संवादले निर्धारण गर्छ । सुरुको दुई लाइनमा अडियन्स मज्जाले हाँसे भने मेरो कन्फिडेन्ट लेभल पनि हाई भएर पफर्मेन्स राम्रो बन्दै अरु जोक र डेलिभरी राम्रो हुन्छ । सोचेको लाइनमा अडियन्सबाट सुरुमा हाँसो मिलेन भने कन्फिडेन्ट लेभल लो हुन्छ । त्यसपछिका प्रस्तुति नराम्रो हुन्छ ।

कहिलेकाहीँ स्टेजमा दुई–तीनवटा एउटै टाइपको जोक पनि हुन्छ । एउटा भन्दा त्यो राम्रोसँग बिकेन अर्थात् अडियन्स हाँसेनन् भने त्यससँग सम्बन्धित पछिका पनि बिक्दैनन् भन्ने हुन्छ । यो अवस्थामा स्टेजमै क्विक डिसिजन गरेर माहोल हेरेर अन्य निर्माण गरेर प्रस्तुत गर्नुपर्छ । यो विषय चुनौतीपूर्ण छ, त्यसैले लेखन र प्रस्तुति दुईमध्ये मेरा लागि प्रस्तुति गाह्रो छ ।

अहिलेसम्म मैले १५ भन्दा बढी क्यारेक्टर गरिसकेको छु । सबै क्यारेक्टरले चर्चा राम्रो पाएका छन् । सबैभन्दा धेरै चर्चा भने धमलाको छोरा किसमिसको छ । 

लेखनको कुरा गर्दा, यो कहाँ सजिलो विषय हो र ! एकचोटि लेख्यो । फेरि पढ्दा यसबाट मानिस हाँस्दैनन् भन्ने लाग्छ । त्यो केरेर फेरि अर्काे लेख्यो । भोलिपल्ट फेरि हुँदैन भन्ने हुन्छ । लेखेर मात्र हुँदैन, शब्द–शब्द मिलाउनुपर्‍यो । लेख्नका लागि विषयबारे राम्रो ज्ञान हुनुपर्‍यो । 

अहिले कमेडी भन्दैमा जे र जसरी पनि प्रयोग गर्न मिल्दैन, यसका पनि सीमा छन् । कमेडी गर्दा धर्म, संस्कृति, समुदाय लगायत धेरै कुरोमा ध्यान पुर्‍याउनुपर्छ । हाम्रो देश थुप्रै जातजाति, धर्म, संस्कृति भएको मुलुक हो । कमेडीमा कसैलाई अलिकति घोँच्यो कि विभिन्न बहानामा हंगामा हुन थाल्छ । विवाद निम्तिने डर हुन्छ ।

मेरो आफ्नो अनुभवका आधारमा भन्नुपर्दा पहिले त विषय फाइनल गर्नै गाह्रो हुन्छ । हामीले अहिलेसम्म ‘कमेडी दरबार’मा फरक–फरक चरित्र र विषय उठाएका छौँ । ती सबै चरित्र देखिरहेका चरित्र नै हुन् । समाजमा नदेखेको चरित्र उठाउँदा पनि दर्शकसँग रिलेटेड नहुन सक्छ । त्यो भयो भने, दर्शक हाँस्दैनन् । मानिसले देखेको र भोगेको कुरामा कमेडी गर्न सजिलो छ ।

रिसर्च गरेर गर्दा धेरै थप कुरो थाहा पाइन्छ । तर त्यो कुरो अडियन्सलाई थाहा छैन भने हँसाउन सकिँदैन । अडियन्सलाई थाहा भएको विषयमा हँसाउन सजिलो छ ।

मैले १५ दिनमा दुई एपिसोडका लागि, त्यो पनि धेरै प्रतियोगीका कन्टेन्ट तयार पार्नुपर्ने हुन्छ । यस्तो अवस्थामा रोस्टिङमा लेख्न सजिलो हुन्छ ।

  • रोस्टिङ

अहिले कमेडी भन्दैमा जे र जसरी पनि प्रयोग गर्न मिल्दैन, यसका पनि सीमा छन् । कमेडी गर्दा धर्म, संस्कृति, समुदाय लगायत धेरै कुरोमा ध्यान पुर्‍याउनुपर्छ । हाम्रो देश थुप्रै जातजाति, धर्म, संस्कृति भएको मुलुक हो । कमेडीमा कसैलाई अलिकति घोँच्यो कि विभिन्न बहानामा हंगामा हुन थाल्छ । विवाद निम्तिने डर हुन्छ ।

हामीले अहिलेसम्म ‘कमेडी दरबार’मा फरक–फरक चरित्र र विषय उठाएका छौँ । ती सबै चरित्र देखिरहेका चरित्र नै हुन् । समाजमा नदेखेको चरित्र उठाउँदा पनि दर्शकसँग रिलेटेड नहुन सक्छ । त्यो भयो भने, दर्शक हाँस्दैनन् । मानिसले देखेको र भोगेको कुरामा कमेडी गर्न सजिलो छ ।

‘कमेडी दरबार’मा विशेष त दुई प्रकारको कमेडी गरिरहेका छौँ । एउटा विषयवस्तुमा व्यङ्ग्य र अर्काे रोस्टिङ । कमेडीमा रोस्टिङ सजिलो र अडियन्सले पनि रुचाउने भएकाले त्यही फम्र्याटमा बढी केन्द्रित छ । कार्यक्रममा आउने अतिथिको बाहिर जे कुरो सर्वसाधारणलाई थाहा छ, हामी ती कुरामा रोस्टिङ गरिरहेका छौँ । जसले गर्दा दर्शक बढी हँसाउन सफल भएका छौँ भने विवाद पनि निम्तिएको छैन ।

मेरो विचारमा कमेडी दरबार रुचाउनुको प्रमुख कारण रोस्टिङ नै हो । कमेडी दरबारका कोही अतिथि आएका छन् भने ती अतिथिलाई दरबारले कसरी उठाउँछ भनेर दर्शकले चासो लिने र हेर्ने गरेका छन् । सामाजिक सञ्जालको चर्चा र युट्युबमा पाउने भ्युज र तिनले गरेको कमेन्टबाट यो जानकारी मिल्छ । रोस्टिङ मात्र कमेडी होइन भनेर हामीले बिस्तारै फम्र्याट चेन्ज गर्दै लान थालेका छौँ । अबको २७ एपिसोडले त्यो बुझाउँछ ।

  • दाम 

कमेडी दरबारका कमेडीमा राजनीतिक चेत कम भएका गुनासा छन्, त्यो सही हो । हामीले बेलाबेलामा यस्ता विषय केही समेटे पनि नियमित गर्न नसकेको हो । अर्काे कुरो अहिले राजनीतिक कन्टेन्टका कमेडी पुरानो मानिन्छ ।

पहिले जस्तो अहिले क्यारिकेचर चल्दैन । मानिसहरूलाई दिक्क मान्छन् । हामीले हप्तैपिच्छे कन्टेन्ट दिनुपर्ने भएकाले गहन विषयमा बनाउन पनि सक्दैनौँ । 

कतिले लेखक पनि प्रस्तोता ! लेखन मात्र गरे हुँदैन भन्छन् । त्यो कुरो ठिक हो । मलाई प्रस्तोताको रूपमा प्रस्तुत गरियो । पछिल्लो समय गायक–गायिका म्युजिक भिडियोमा अभिनय पनि गर्न थालेका छन् । त्यसो गर्नुको मुख्य कारण नामसँगै अनुहारले पनि चिनिनु हो । मलाई पनि प्रस्तोताको रूपमा आउन त्यो कुराले पनि प्रेरित गरेको हो ।

कतिपयले कमेडीमा पैसा छ र भन्ने गर्छन् । म कमेडी गरेर सानका साथ बाँच्न सकिन्छ भन्छु । अहिले कमेडीमा नाम, दाम र अवसर सबै छन् । अहिले कमेडीको आम्दानी हेर्दा मलाई भविष्य यसमै सुनिश्चित जस्तो लाग्छ ।

म फिल्म निर्देशन पढिरहेको छु । कमेडीबाहेक मेरो भविष्यको योजना फिल्म हो । फिल्म अभिनय र निर्देशन दुवै योजना छ ।

(कमेडियन तथा लेखक विकास अर्यालसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विकास अर्याल
विकास अर्याल
लेखकबाट थप

छुटाउनुभयो कि ?