ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार बुटवलमा प्रदेशस्तरीय आमसभा गरेको छ । सभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता बुटवल आएका थिए ।
आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, अर्का उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, पूर्वमन्त्री निरञ्जन थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
अध्यक्ष लिङ्देनले ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको आरोप लगाए । उनले अहिले सत्तारूढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागिरहेको बताए । उनले संवैधानिक राजसंस्था, हिन्दु राज्य, प्रदेश खारेज, कार्यकारी प्रधानमन्त्री र मुलुकमा विदेशी हस्तक्षेप रोक्नका लागि आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले आफूहरूले चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने समेत बताए ।
राप्रपा प्रवक्ता शाहीले राजसंस्थासहितको प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए । उनले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री बनाउन आफूहरू तयार रहेको बताउँदै संवैधानिक रूपमा राजा अपरिहार्य रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे