कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रुपन्देही आएका छन् । आज दिउसो गौतम बुद्ध विमानस्थलबाट रुपन्देही आएका कोइराला कांग्रेसका नेता तथा कार्यकर्ता भेटघाटमा केन्द्रित भएका छन् ।
मातृ शोकमा रहेको कांग्रेसका पूर्व जिल्ला सदस्य डिल्लीराज ज्ञवालीको निवास सैनामैना पुगेर कोइरालाले समवेदना प्रकट परेका छन् । यस्तै उनले आज भारतको कलेजमा मृत्यु भएकी विद्यार्थी प्रकृति लम्सालको भैरहवास्थित घरमा पुग्ने कार्यक्रम रहेको कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले बताए । बुटवलमा भोलि हुने राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान विषयक कार्यशाला गोष्ठी उद्घाटन गर्न उनी आज रुपन्देही आएका हुन् ।
कोइरालालाई भैरहवामा कार्यकर्ताहरुले १५ किलोको माला लगाएर स्वागत गरेका थिए । कांग्रेस महाधिवेशन नजिक आउन थालेपछि नेताहरू जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाटमा केन्द्रित हुन थालेका छन् । यही हप्ता रुपन्देहीमा कांग्रेसका महामन्त्री गगन थापा पनि आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?