शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली

शनिबार, १७ फागुन २०८१, १७ : ५५
शनिबार, १७ फागुन २०८१

मोरङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई कुनै मुलुकविरुद्ध प्रयोग हुन दिन नहुने बताएका छन् । 

शनिबार विराटनगरमा एमाले मोरङको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफूहरू चीन र भारत दुवै छिमेकीसँग समान सम्बन्ध राख्ने कुरामा स्पष्ट रहेको बताउँदै नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बिचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए । 

अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले माथि चौतर्फी आक्रमण भइरहेकाले आन्तरिक प्रतिस्पर्धा भन्दा पनि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे । उनले एमालेको स्थापनाकाल देखि नै महत्त्वपूर्ण जिल्ला भएकाले मोरङले सर्वसम्मत नेतृत्व चयन गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उल्लेख गरे ।

तीन दिन सम्म आयोजना हुने सो अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?