क्रिप्टोकरेन्सी ठगी मुद्दामा तमन्ना र काजलसँग जवाफ माग

तमिलनाडु । पुडुचेरी साइबर क्राइम प्रहरीले तमिलनाडुको कोइम्बटूरबाट क्रिप्टोकरेन्सी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। यस मुद्दामा अभिनेत्री तमन्ना भाटिया र काजल अग्रवाललाई पनि सोधपुछ गरिने बताइएको छ।
कोइम्बटूरको पुडुचेरी प्रहरीले क्रिप्टोकरेन्सी व्यापारको नाममा देशभर ५० करोड रुपैयाँसम्मको ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। पुडुचेरी साइबर क्राइम प्रहरीले यस मुद्दामा तमन्ना र काजललाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको छ।
उनीहरू दुवैले कम्पनीको सुरुवात कार्यक्रममा भाग लिएका थिए। यसका लागि दुवै अभिनेत्रीलाई महँगो उपहार पनि दिइएको थियो।
प्रहरीले काजल र तमन्नासँग उनीहरूले कम्पनीको कार्यक्रममा भाग लिएका थिए वा उनीहरूको कुनै आर्थिक संलग्नता पनि थियो भनेर जवाफ मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस विषयमा तमन्ना भाटियाको टोलीले अभिनेत्रीको तर्फबाट एक विज्ञप्ति जारी गरेको छ। जसमा यो केवल अफवाह मात्र भएको भनिएको छ। अभिनेत्रीले यस्ता झूटा समाचारविरुद्ध कारबाही गर्ने बताएकी छिन्।
तमन्नाले भनिन्, ‘क्रिप्टोकरेन्सीमा मेरो संलग्नताको बारेमा अफवाह फैलाइएको छ। म मिडियालाई त्यस्ता कुनै पनि झूटा, भ्रामक र गलत रिपोर्ट र अफवाहहरू प्रसारण नगर्न अनुरोध गर्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन