१ सय ७९ रनमा समेटियो इंग्ल्याण्ड

कराँची । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह बीको अन्तिम खेलमा शनिबार इंग्ल्याण्डको इनिङ्स १ सय ७९ रनमा समेटिएको छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा इंग्ल्याण्ड ३८.२ ओभरमा अलआउट हुन पुगेको हो ।
कराँचीमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीका लागि जो रुटले सर्वाधिक ३७ रन बनाए । उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, जोफ्रा आर्चरले ३१ बलमा २५ रन जोडे । ओपनर बेन डकेटले २१ बलमा २४ रन बनाए । कप्तान जोस बट्लरले ४३ बलमा २१ रन तथा ह्यारी ब्रुकले १९ रन बनाउँदै पभेलियन फर्किए ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न मार्को यानसेन र वियान मल्डरले ३–३ विकेट लिए । केशव महारजले २ विकेट तथा लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट हात पारे ।
इंग्ल्याण्ड सुरुवाती दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ भने आजको खेल जिते दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन