शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु

शनिबार, १७ फागुन २०८१, १६ : ४२
शनिबार, १७ फागुन २०८१

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ। 

दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ । यसअघि शुक्रबार ३३ जनाको उद्धार गरिएको थियो। जसमध्ये गम्भीर घाइते चार जनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ५ जना कामदार अझै बेपत्ता छन्।

दुर्घटना स्थानीय समयअनुसार शुकबार बिहान ७:१५ बजे चमोलीको माना गाउँ नजिकै भएको थियो। मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा सीमा सडक संगठनका ५५ जना कामदार बसिरहेका थिए । त्यतिबेला हिउँको पहाड खसेको थियो। सबै कामदारहरू यसमा परेका थिए।

४ वटा सेनाको हेलिकप्टरबाहेक २०० भन्दा बढी सिपाहीहरू उद्धार कार्यमा संलग्न छन्।

अलपत्र परेका ५५ जना मजदुरहरूमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्। १३ जना कामदारको ठेगाना उपलब्ध छैन।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज बिहान घटनास्थलको भ्रमण गरी कामदारहरूलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीसँग कुरा गरेर उद्धार कार्यको जानकारी लिएका थिए।

उता  हिमाचल प्रदेशमा भारी वर्षा र हिमपातका कारण राज्यका २१८ सडक र तीन राष्ट्रिय राजमार्गहरू बन्द गरिएको राज्यका राजस्व मन्त्री जगत सिंह नेगीले बताएका छन्।

प्रदेशको कुल्लुमा पछिल्लो २४ घण्टामा भएको भारी वर्षाका कारण धेरै सवारी साधनहरू भग्नावशेषमा पुरिएको र फसेको तस्बिरहरू बाहिर आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?