दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह
शनिबार, १७ फागुन २०८१, १६ : ४०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशीले दल विभाजनतर्फ नलाग्न सरकारसँग आग्रह गरेका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा जोशीले कांग्रेस र एमालेजस्तो जिम्मेवार दलले अरू दल विभाजनतर्फ लाग्न नहुने बताए ।
दल फुटाउनुभन्दा विपक्षी दलहरूसँग मिलेर देशका ठुला र जटिल समस्या समाधान गर्नतर्फ लाग्न उनले आग्रह गरे । त्यस्तै उनले अहिले ल्याइएका कुनैपनि अध्यादेश देशको हितमा नभएको भन्दै फिर्ता लिन सरकारसमक्ष आग्रह गरे । जोशीले कांग्रेस र एमालेबिच पनि अध्यादेश ल्याउने विषयमा सहमति भएको नदेखिएको बताए । उनले देशमा अनेक खालका समस्या रहेको सुनाउँदै तीनको हल गर्नुपर्नेमा सरकार अध्यादेशको चक्करमा परेको भन्दै असन्तुष्टि पाखे ।
उनले अध्यादेशको प्रक्रिया सही नभएकाले समर्थन गर्न नसकिएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)