केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमा विजेता

काठमाडौँ । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।
फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारीत दुरी तीन घण्टा ४६ मिनेट ४४ सेकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ तीन घण्टा ५७ मिनेट ४० सेकेन्ड समय लगाएर उपविजेता बने भने राम चन्द्र महतारा चार घण्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घण्टा ०३ मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाच घण्टा २२ मिनेट ०८ सेकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घण्टा ५१ मिनेट ४४ सेकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको पाचौँ चरणमा २० विदेशीसहित कूल ५६ जनाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसोको सिद्धान्त : किन हाँस्छ मान्छे ?
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध