पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो सम्पन्न

कास्की । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नेपाल इन्डिया चाइना एक्स्पो (नाईस २०२५) सम्पन्न भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका प्रमुख सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहयोग र सहकार्यमा गत २४ देखि २६ फेब्रुअरीसम्म आयोजना गरेको एक्सपोमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू र राष्ट्रिय पर्यटन सरोकारवालाहरू सहित १४ देशका ६०० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले फागुन २४ गते पोखरा इभेन्ट सेन्टरमा नाईस २०२५ को उद्घाटन गरेका थिए ।
फेब्रुअरी २३ मा आयोजित एक दिने परिचयात्मक भ्रमणमा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई ‘सनराइज टु सनसेट इन पोखरा’ र ‘नेचर एन्ड एडभेन्चर इस्केप इन पोखरा" गरी दुई इमर्सिभ भ्रमण कार्यक्रमहरू प्रदान गरिएको थियो।
फेब्रुअरी २४ मा भिसाद्वारा प्रायोजित नाईस २०२५ कन्फेरेन्समा विज्ञ वक्ताहरूले व्हेयर इज द ब्लु ओसन? - इन्नोवेशन एंड लिडरशिप इन टुरिज्म एन्ड होस्पिटालिटी, चाईना आउटबाउन्ड एन्ड इट्स इम्प्याक्ट अन साउथ एसियन डेस्टिनेसन, माईस टुरिजम, अनलिजिंग द पावर अफ एभिएसन, हाई भेल्यू वेलनेश विथ हाई भोलुम मार्केट्स : क्यापिटलाइजिङ्ग अन ग्लोबल ट्रेण्ड्स अन हेल्थ एंड वेल बिइङ्, र द पोटेनसियल अफ इन्डियन वेडिङ्गस इन नेपाल जस्ता विषयहरूमा आफ्नो प्रस्तुतीकरण एवं विचारहरू प्रस्तुत गरेका थिए।
फेब्रुअरी २५ र २६ मा आयोजित बिटुबी एक्सपोले भारत र चीनका ८० क्रेता संस्थाहरू र ७५ बिक्रेता संस्थाहरूलाई एकै ठाउँमा ल्याएर २,१०० भन्दा बढी पूर्वनिर्धारित व्यापार अपोइन्टमेन्टहरू र नेटवर्किङ अवसरहरू प्रदान गरेको थियो। यस्तै होटल बाराहीले २५ फेब्रुअरीमा नाईस २०२५ का अतिथि एवम् प्रतिनिधिहरूका लागि गाला डिनर रिसेप्सनको आयोजना गर्यो ।
फेब्रुअरी २६ मा क्लब क्याटवाकमा आयोजित समापन समारोह र नेपाल पर्यटन बोर्डले प्रदान गरेको बिदाइ रात्रीभोज कार्यक्रम संगीत, नृत्य, सम्मान, उत्सव र भोज सम्मिश्रणले एक आकर्षक एवम् अविस्मरणीय साँझ बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसोको सिद्धान्त : किन हाँस्छ मान्छे ?
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध