कुलेखानीले बगाएको सिस्नेरी सडक पुनः निर्माण गर्न २ प्याकेजमा ठेक्का

मकवानपुर । बाढीबाट क्षति भएको हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । कुलेखानी जलाशय घटाउने क्रममा आएको बाढीका कारण सिस्नेरी खण्डमा क्षति पुगेको थियो ।
कुलेखानी-सिस्नेरी खण्डको १२ सय मिटर सडक पुनर्निर्माणका लागि बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौँडाले ठेक्का आह्वान गरेको हो । इन्द्रसरोवर-३ एकान्तकुना लामाबगरमा ७०० मिटर र इन्द्रसरोवर-२ डोडारेमा ५०० मिटर सडक पुनर्निर्माण गर्न आयोजनाले साढे ८ करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले वर्षायाम अगाडी नै काम गर्ने गरी ठेक्का आह्वान गरेको बताएको छ । आयोजनाका सूचना अधिकारी राजन गौतमका अनुसार हेवी ज्यामिरे खण्ड अन्तर्गत ७०० मिटर र सिस्नेरी बजार खण्डमा ५०० मिटर सडक निर्माणका लागि ठेक्का खोली प्रक्रियामा रहेको छ ।
सिस्नेरी खण्डको ५०० मिटर सडकका लागि ठेक्का बिड गरी निर्माण कम्पनी छनौट प्रक्रिया समेत सम्पन्न भई सम्झौताको चरणमा रहेको उनले बताए । ५०० मिटर सडक निर्माणका लागि स्थानीय वइसिस पशुपत्रा जेभीले ९७ लाख रुपैयाँ बोलकबोल गरी आशयको सूचना समेत प्रकाशन भइसकेको उनले बताए । निर्माण व्यवसायीले १ करोड ५७ लाख रुपैयाँ लागत निर्धारण गरिएको उक्त ठेक्कामा ४६ प्रतिशत कम विड गरेर कबोल गरेको उनको बताए । गत बुधबार आशयको सूचना जारी भएको र आगामी साता सम्झौता गरी काम थालिने उनले बताए ।
त्यस्तै हेवी ज्यामिरे खण्डको सडक पुनः निर्माणका लागि ८ करोड रुपैयाँ लागत मूल्य निर्धारण गरी ठेक्का आह्वान गरेको सूचना अधिकारी गौतमले बताए । सो सडक निर्माणका लागि प्राविधिक तथा आर्थिक पक्षको मूल्याङ्कन सहित ५ निर्माण कम्पनी छनौट सम्पन्न भइसकेको उनले जानकारी दिए ।
७०० मिटरको सडक निर्माणका लागि छिट्टै नै विडिङ प्रतिस्पर्धा अनुसार कम्पनी छनौट गरेर आशयको सूचना प्रकाशन गर्ने कार्यालयको तयारी रहेको उनको भनाई छ । ५ कम्पनी मध्ये कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी काम थालिने उनले बताए ।
सिस्नेरी खण्डमा जाली लगाउने र ग्राभेल गर्ने काम हुने छ भने हेवी ज्यामिरे खण्डमा सडकको ट्रयाक निर्माण गरी जाली लगाउने, ग्राभेल गर्ने काम हुने छ ।
गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको बाढीले सिस्नेरी सडकमा क्षति पुर्याएको थियो । भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा बाढीले इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिम खोलाको पुलसँगै सडक क्षतिग्रस्त बनाएको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर हेटौँडा-काठमाडौँ आउजाउ गर्ने सवारीसाधन सवारी सञ्चालन गरिएको छ ।
कुलेखानी ड्याममुनिको सिम खोलामा बेलिब्रिज हालिने कार्यका लागि पनि यातायात पूर्वाधार निर्देशनालय मार्फत ठेक्का आह्वान गरिएको छ । सो स्थानमा बेलिब्रिज राख्न र पहुँच मार्ग निर्माणका लागि १ करोड ७९ लाख लागत अनुमानसहित ठेक्का निकालिएको छ । सिम खोलामा भीमफेदी गाउँपालिका–६ स्थित मान्डु खोलामा रहेको बेलिब्रिज निकालेर हाल्ने निर्देशनालयको तयारी रहेको छ । मान्डु खोलामा पक्की पुल निर्माण गरेर सञ्चालनमा आएकाले त्यहाँको बेलिब्रिज प्रयोगविहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो