कालसँग कुस्तीः असी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त सार्वजनिक

काठमाडौँ । असी वर्षको उमेरमा चौथो स्टेजको क्यान्सरविरुद्ध सफल उपचारयात्रा समेटिएको पुस्तक ‘कालसँग कुस्ती’ आज सार्वजनिक गरिएको छ ।
आधुनिक ओखतिविज्ञान, आयुर्वेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एक रिपोर्टलाई उद्धृत गर्दै पुस्तकमा सो दाबी गरिएको छ ।
पुस्तकमा ब्रिटिस सेनामा झन्डै तीन दशक लामो पल्टनयात्रा, ईन्डोनेसिया–मलेसियाको सीमावर्ती घनाजङ्गलमा भएको भिडन्त, अमेरिकामा सम्पन्न सैनिक प्रशिक्षणलगायत अन्य रोचक प्रसङ्गहरू छन् । कालसँग कुस्ती जीवन वृत्तान्त मात्र होइन । पुस्तकमा गुरुङ समुदाय, तत्कालीन नेपाली समाज, लाहुरे संस्कृतिको संघर्ष र गोर्खाहरूले सामना गर्नुपरेका विभेदको बेलिबिस्तार गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, न्यूयोर्क टाइम्सका पत्रकार भद्र शर्मा र समाजशास्त्री डा. दिलबहादुर गुरुङले पुस्तकको समीक्षा गरेका छन् भने गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङको सन्देश समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयार भयो बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव