जनयुद्धमा बलिदान र मूल्यबोध

नेपालको इतिहासमा खासगरी नेपाली समाज र राज्यसत्तालाई आमूल परिवर्तन गर्न अर्थात् सामन्तवाद, साम्राज्यवादी (सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवाद) शोषण र उत्पीडनको अन्त्य गर्दै नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवादको निम्ति २०२८ मा चर्चित झापा विद्रोह र २०५२ पछि जनयुद्ध सुरु भएको थियो । यी दुवै विद्रोहका क्रममा भएका मुख्य घटनालाई संकेत गर्दै ऐतिहासिकतासहित सहिद सप्ताह मनाउँदै आउने सांस्कृतिक परम्परा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धकै समयदेखि बसालेको थियो । जुन आजसम्म केही हदमा कायमै रहेको छ ।
२०२९ फागुन २१ को तत्कालीन बन्दीहरू रामनाथ दाहाल, वीरेन राजवंशी, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, नेत्र घिमिरेलाई झापाबाट इलामा जेल सार्ने बहानामा इलामको जंगल सुखानीमा गोली हानेर हत्या गरिएको थियो । यता जनयुद्ध थालनीसँगै २०५२ फागुन १४ गते गोरखा पन्द्रुङका नाबालक दिलबहादुर रम्तेलको गोली काण्डमा हत्या गरिएको थियो । यी दुई ऐतिहासिक क्रान्तिको थालनीसँग जोडिएका घटनासँग सम्बन्धित छ, सहिद सप्ताह ।
नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर इमानदार प्रयत्न नै गरेनन् भन्दा अतिशयोक्ति नहोला, किनकि उनीहरूले लामो काल संसदीय व्यवस्था र पुँजीवादी राज्यसत्ताका मेसिनरीमा अभ्यास गरिसकेका छन् जहाँ वैज्ञानिक समाजवाद त निकै परको विषय बन्यो, नयाँ जनवाद वा नयाँ जनवादी सत्ता प्राप्तिले समेत पूर्णता पाउन सकिरहेको छैन । सहिदको बलिदानीबाट यो बिचमा केही परिवर्तन भने अवश्य हुन गएका छन् । पछिल्लो समय राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना, समानुपातिक समावेशिताको अभ्यास, जनतामा व्यापक राजनीतिक जागरण, महिला सेनाको स्वीकारोक्ति, महिला, दलित र जनजाति तथा मधेसी समुदायको राजनीतिक सत्ताका केही अङ्गमा उल्लेखनीय वृद्धि आदि मान्न सकिन्छ । साथै सहिदले खर्चेको बलिदान र ऊ बलिदान हुँदै गर्दा चलेको राजनीतिक आन्दोलनले तय गरेको अधिकतम लक्ष्य त के, निम्नतम् लक्ष्य समेत संस्थागत हुन सकिरहेको छैन ।
आज जनयुद्धको नेतृत्व गरेको मूल पार्टी र त्यसको नेतृत्व सुधारिएको संसदीय गणतन्त्रमा अनेकौँ पगरी गुथेर सरकार गठनका निम्ति विगतमा टाउकाको मोल तोक्ने देउवा नेतृत्वको पार्टीसँग चुनावी तालमेलसम्म गर्न सकिने हदमा हुत्तिन पुगेको राजनीति दृश्य जगजाहेर छ । यसको मतलब आज राजनीतिक परिस्थितिमा हेराफेरी आएको छ । एउटै उद्देश्यका लागि सङ्घर्ष गरेकामध्ये कतिले बलिदानी र बेपत्ता हुनुपर्यो । जेलनेल र यातनाका विभिन्न विभिशिका सहन गर्न बाध्य भए । २०६३ को शान्ति सम्झौता र २०७२ मा संविधान बनेसँगै हजारौँ हजार जीवन निर्वाहका लागि सीमापार जान बाध्य भए, बाँचेका टाठाबाठाले भने अनेकौँ राजनीतिक दाउपेच गर्दै मन्त्री र सांसद बन्ने होडमा आमूल परिवर्तनको एजेन्डालाई लिलामी राखिदिने काम हुँदै आइरहेको छ । देश र जनताको हितमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेहरूको कुनै गणना र स्मरणसम्म हुन मुस्किल हुँदै आइरहेको छ । लक्ष्य भेदन त धेरै परको विषय बन्न पुग्दै छ, यो आजको कटु सत्य हो ।
सहिद र बेपत्ताले कुनै व्यक्तिगत सुविधा प्राप्तिका लागि जेलनेल र बलिदान गरेका होइनन् । आमूल परिवर्तन, नयाँ समाज, देश र जनताको पूर्ण मुक्तिका लागि अर्थात् नयाँ जनवाद हुँदै वज्ञानिक समाजवाद प्राप्तिका निम्ति आफ्नो जीवन समर्पण गरेका थिए ।
आज शान्तिकाल (आत्मसमर्पण र विसर्जनकाल) पछि भौतिक लाभ र सुविधासँग बलिदानलाई तुलना गरेर सहिद र बेपत्ताको वीरता र समर्पण भावको उच्चतालाई अवमूल्यन गर्ने नजिर बसालिँदै छ । समाजको अग्रगामी रूपान्तरणका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिद तथा बेपत्ता हुने योद्धाहरूद्वारा अघि बढाइएको सङ्घर्ष अधुरो र अपूर्ण नै रहेको छ । यसलाई पूर्णता दिन थप समर्पणभाव, निष्ठा, त्याग, प्रतिबद्धता र बलिदानीभावका साथ अघि बढ्नु नै वास्तविक अर्थमा सहिद तथा बेपत्ता योद्धाहरूप्रतिको सच्चा सम्मान र सार्थक अभियान हुनेछ । सहिदको सामान्य श्रद्धाञ्जलीजस्ता औपचारिकताले मात्र सम्मान पुग्दैन र हुँदैन । मुख्य सवाल भनेको उनीहरू कुन उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति लडेका थिए, ती के पूरा भए ? राज्यसत्ताको स्वरूप परिवर्तन भयो ? नेपालका उत्पीडित जनताले अधिकार प्राप्त गरे या पाए ? के उनीहरू शोषण र उत्पीडनबाट मुक्त भए या नयाँ तरिकामा र नाममा ठगिँदै छन् वा चर्को उत्पीडनमा परेका छन् । यसको जवाफमा क्रान्तिमा लागेका मध्येका एकथरीले उनीहरूमा आएको वैचारिक विचलनका कारण बलिदानलाई बार्गेनिङ र व्यवसायको अङ्गजस्तो बनाएर संसदीय राजनीतिक दाउपेच र कुर्चीखेलको सुधारिएको ससदीय व्यवस्थामा लगेर टुङ्ग्याइदिएका छन् । जनयुद्धको राजनीतिक उद्देश्य आजको पुँजीवादी संसदीय गणतन्त्रमा सीमित हुने किमार्थ थिएन । बरु वैज्ञानिक समाजवादको सुनिश्चितताका निम्ति जनवादी क्रान्तिको कार्यभार पूरा गर्नु थियो तर आज न क्रान्तिले पूर्णता पाएको छ या जनवादी क्रान्ति नै सम्पन्न भएको छ, न त क्रान्तिमा बन्ध्याकरण नै हुनेछ, बरु पुराना र नयाँ संसद्वादीहरूद्वारा जबर्जस्त थोपरिएको प्रतिक्रान्तिको जवाफ शक्तिशाली जनताको क्रान्तिद्वारा दिएर मात्र सहिद र बेपत्ता योद्धाहरूको अधुरा सपना साकार हुनेछ ।
- राज्यको दमन शृङ्खला
जनयुद्ध थालनीअगावै राज्यले जनसंघर्षको क्रममा मानिस मार्ने फासीवादी अभ्यास अघि बढाइरहेको थियो, २०४७ को संविधानले मृत्युदण्डको सजायको कुनै व्यवस्था गरेको थिएन । आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने संसद्वादी पार्टीको नेतृत्वका सरकार भने मध्ययुगीन बर्बर नरसंहार अभियान उनीहरूले सञ्चालन गर्न भ्याएका थिए ।
जनयुद्ध थालनीको केही अघिदेखि रोमियो अपरेसनबाट तत्कालीन संसदीय सरकारले निर्मम दमन अभियान थाल्यो । जनयुद्ध थालनीलगत्तै जनयुद्ध निस्तेज पार्ने बहानामा ‘किलो सेरा वान’ अपरेसन हुँदै ‘किलो सेरा टु’ अपरेसन, टाउकाको मूल्य तोक्ने हदको सरकारी कारबाहीको उर्दी जारी, आतङ्ककारी तथा विध्वंसात्मक अपराध नियन्त्रण तथा सजाय विधेयकसहित संकटकालको घोषणा, शाही सेनाको परिचालन आदि सुरु भए ।
सशस्त्र प्रहरी बलको गठन, शाही सेनाको परिचालन, माओवादी प्रतिकार समितिको परिचालन आदि पनि भए । जसले हत्या, बेपत्ता र गिरफ्तारीको निर्मम अभ्यास गरेको थियो, युद्धविरामको समयमा समेत जनहत्या कार्यमा निरन्तरता दिँदै अघि बढेको थियो ।
त्यसको ज्वलन्त उदाहरण भनेको दाङको हापुरेमा सरकार नेकपा (माओवादी) बिच वार्ता चलिरहँदा रामेछापको दोरम्बामा झन्डै दुई दर्जन माओवादी नेता कार्यकर्ताको शाही सेनाले बसिरहेको सेल्टर घर घरेमा पारी नरसंहार गरेको घटना नै पर्याप्त रहेको छ ।
- जनयुद्ध दमन नाममा राज्यद्वारा घटाइएका केही हत्याकाण्ड
१) मेलगैरी रुकुम २०५२/११/१५ (६ जना)
२) भाबाङ रोल्पा २०५६/३/८ (११ जना)
३) अनेकोट काभ्रे २०५८/१२/४ (४६ जना)
४) गजुल रोल्पा २०५८/१२/१२ (११ जना)
५) दोरम्बा रामेछाप २०६०/०४/३२ (२० जना)
६) काउले नुवाकोट २०५९/८/११ (५ जना)
७) सिन्धुली २०५९/२/११ (१ जना)
८) कोटबाँडा कालिकोट २०५८/११/१२ (३५ जना)
९) बहादुरपुर पाल्पा २०६०/०६/८ (६ जना)
१०) सुकीदह इरिबाङ रोल्पा २०५६/८/२८ (११ जना)
११) खारा रुकुम २०५६/११/१० (१६ जना)
१२) मिरुल रोल्पा २०५३/८/०२ (५ जना)
१३) पाङ रोल्पा २०५९/६/०६ (१२ जना)
१४) गौर रौतहट २०६३/१२/०७ (२६ जना)
१५) मनकामना स्याङ्जा २०६२/९/२९ (२२ जना)
१६) सिर्सेकोट स्याङ्जा २०६१/८/१७ (५ जना)
१७) दैजी कञ्चनपुर २०५८/८/१७ (५ जना)
१८) शङ्करपुर रिगा बैतडी २०६१/११/०६ (४ जना)
१९) गैरागाउँ बैतडी २०६०/७/१२ (३ जना)
२०) लटीनाथ दार्चुला २०५९/३/२१ (४ जना)
२१) सुन्सेरा दार्चुला २०५८/१०/२ (३ जना)
२२) बगरकोट डडेलधुरा २०५९/७/२३ – ५ जना
२३) चिपुर डँडेलधुरा २०५९/७/२३ – २ जना
२४) विन्वारी सडकघाट कञ्चनपुर २०५९/५/२ (५ जना)
२५) धारापानी कञ्चनपुर २०५९/४/११ (३ जना)
२६) काटाकुटी कोत्ले दोलखा २०५९/४/१८ (१५ जना)
२७) ढाँकु अछाम २०५६/९/३० (९ जना)
२८) घोडागाउँ रोल्पा २०५९/७/०५ (४ जना)
२९) थारमारे सल्यान २०५४/११/१४ (३ जना)
३०) सल्यान रुकुम २०५६/६/९ (३ जना)
३१) बाझकाँडा सल्यान २०५६/८/८ (३ जना)
३२) सुर्खेत २०५६/१२/२१ (५ जना)
३३) दैयापुल बाजुरा २०५८/१/२६ (२९ जना)
३४) किसानचोक शुक्रनगर चितवन २०५९/६/४ (४ जना)
३५) पटिहानी चितवन २०५९/६/४ (२ जना)
३६) भुकदेउराली पर्वत २०५९/९/१० (२ जना)
३७) छाङ साउनेपानी तनहुँ २०५८/१०/२३ (८ जना)
३८) पसगाउँ लमजुङ २०६०/५/१५– १८ (१० जना)
३९) तार्कुघाट लमजुङ २०५९/१/२१ (३ जना)
४०) कोल्की भन्ज्याङ लमजुङ २०५९/२/७ (४ जना)
४१) कोल्की लमजुङ २०५८/१२/१५ (३ जना)
४२) नाल्मा लमजुङ २०५९/३/८ (२ जना)
४३) ठुलढुङ्गा विचौर लमजुङ २०५८/१/११ (४ जना)
४४) पर्वत २०६१/८/२२ (४ जना)
४५) कौवाघारी गोलटकुरी दाङ २०५९/०२/१६ (१२ जना सबै दलित)
४६) विनायक अछाम २०६०/१२/३० (१२ जना सांस्कृतिक सभामा)
४७) ठुलोगाउँ रसुवा २०५९/९/१३ (७ जना)
४८) थानसिंह नुवाकोट २०५८/१२/२५ (३ जना)
४९) बुढीसेरा नुवाकोट २०६१/६/४ (३ जना)
५०) कुमारी नुवाकोट २०५८/१२/२४
५१) चोलाबाङ रोल्पा २०५९/५/५ (७ जना)
५२) गाम कुइपाधारा रोल्पा (५ जना)
५३) डोडेवारी जेलबाङ रोल्पा (५ जना)
५४) माजिङ धबाङ रोल्पा (५ जना)
५५) बयानेश्वर सिन्धुली २०५५/१०/२७ (४ जना)
५६) घरथोक म्याग्दी २०५९/१/२२
५७) खिबाङ थुमडाँडा म्याग्दी २०५८/१२/१३
५८) घोडेकोट कालिकोट २०५६ (३ जना)
५९) माझपाल डोल्पा २०५९/४/९ (८ जना)
६०) गैरेनीभीर लहँ जाजरकोट २०५२/११/१४ (२ जना)
६१) सिमुत रुकुम २०५५/४/२० (४ जना)
६२) राङसी रुकुम २०५५/३/१४ (४ जना)
६३) सिम्ली रुकुम २०५५/७/२ (५ जना)
६४) मैकोट रुकुम २०५५/९/४ (५ जना)
६५) महत–गुनाम रुकुम २०५७/७/३ (७ जना)
६६) तकसेरा रुकुम २०५६/९/४ (८ जना)
६७) काँक्री रुकुम २०५२/१२/५ (३ जना)
६८) जेलबाङ रोल्पा २०५३/४/२६ (६ जना)
६९) फगाम रोल्पा २०५६/५/१६ (४ जना)
७०) खैराबाङ सल्यान २०५५/८/७ (३ जना)
७१) मैनतडा सुर्खेत–सल्यान २०५६/११/३ (५ जना)
७२) पुरन्धरा दाङ (७ जना)
७३) जाजरकोट लनिसा २०५५/२/८ (८ जना)
७४) दहजुर्कमा २०५५/२/१५ (८ जना)
७५) मझकोट भालुकुइया २०५५/८/१० (१० जना)
७६) रकु सेरीज्युमा कालिकोट २०५७/५/३० (४ जना)
७७) कोटबाडा कालिकोट २०५७/७/१४ (५ जना)
७८) फुकोट फुल्मा कालिकोट (३ जना)
७९) डुङ्गाल ढाँकु अछाम २०५६/९/३० (९ जना सांस्कृतिक सभामा)
८०) दुम्सी सिन्धुली २०५५/१२/६ (४ जना)
८१) इर्खु सिपा २०५५/७/२६– ४ जना
८२) अनेकोट काभ्रे २०५५/१२/५– ७ जना संस्कृतिकर्मी
८३) खलङ्गा जाजरकोट २०५५/९/७– ५ जना
८४)जगतीपुर जाजरकोट २०५६/३/१५– ४ जना
८६) पदनाहा रानीजरु बाह्रबर्दिया २०५८/२/२८– २ जना
८७) माल्कोट कालिकोट २०५५/३/६– ४ जना
८८) लालु कालिकोट २०५५/५/२– ३ जना
८९) छाप्र्रे टाकुल्ला कालिकोट २०५५/६/१९– ३ जना
९०) फुकोट कालिकोट २०५६/१२/४– ४ जना
९१) ओदाकु कालिकोट २०५७/४/३०– ३ जना
९२) दाहा तिलानदी कालिकोट २०५७/५/२ –४ जना
९३) अमलावास गोकुले काभे २०५५/३/२७– ४ जना
९४) झाँगाझोली सिन्धुली २०५५/७/१७– ५ जना
९५) घारी दुम्सी सिन्धुली २०५५/१२/६ –४ जना
९६) तातोपानी दैलेख २०५८/१/३०– ३ जना
९७) रत्नावती–नागस्थान सिन्धुली २०५५/२/२६– ८ जना
९८) व्यानेश्वर सिन्धुली २०५५/१२/२७ –४ जना
९९) बलिया कौवापुर बर्दिया २०५५/५/१७– ३ जना
१००) धुर्जन्नाउर्मा बर्दिया २०५७/२/१३ –३ जना
१०१) कागखोला सल्यान २०५६/८/८– ३ जना
१०२) भिमाद मकवानपुर २०६०/१०/२२– १९ जना
१०३) सिम्ली रुकुम २०५५/७/२ – ५ जना
१०४) महतगुनाम रुकुम २०५५/७/३– ७ जना
१०५) लालुवारी कालिकोट २०५५/५/२२– ४ जना
१०६) ठुलादुर्लुङ ललितपुर २०५५/३/३०– ३ जना
१०७) दाङ २०६४/१२/२८– ७ जना
१०८) सिरहा २०६१/४/२०– २ जना
१०९) खुर्सानी खोला मोरङ २०५८/११/२४– ५ जना
११०) सङ्क्रान्ति बजार तेह्रथुम २०५८/१०/१०– २१ जना
१११) पर्सावाल नवलपरासी २०५९/७/१०– ९ जना
११२) सैमराङ कास्की २०५९/२/२६– २ जना
११३) लान्दुक कास्की २०६०/१२/१४– ३ जना
११४) अर्मलाकोट कास्की २०६१/३/१६ –२ जना
११५) घलेलगाउँ कास्की २०६१/३/१६– २ जना
११६) खोराकोमुख कास्की २०६१/३/१६ –२ जना
११७) ज्यामिरकुना कास्की २०६२/११/२२– १ जना
११८) भरतपोखरी गैरागाउँ कास्की २०६१/११/११– २ जना
११९) ड्यामसाइड कास्की २०६२/१०/२७– २ जना
१२०) आर्वाविजय कास्की २०६२/१२/७ –२ जना
१२१) कुम्लेखोला तनहुँ २०५८/११/११ –४ जना
१२२) घान्दुक कास्की २०६०/८/२२–२ जना
१२३) ल्वाङ्घलेल कास्की २०६०/१०/२४ –२ जना
१२४) जामुने तनहुँ २०५९/३/२८– ३ जना
१२५) दुम्सोकोट तनहुँ २०६०/५/३१– ३ जना
१२६) भिरकोट तनहुँ २०६०/३/३– ३ जना
१२७) छिर्कने तनहुँ २०५९/१/१६ – २ जना
१२८) रिसिङ रानीपोखरी तनहुँ २०५९/७/४– २ जना
१२९) माझकोट रजिडाँडा तनहुँ २०६०/८/१८– २ जना
१३०) सेतीदोभान तनहुँ २०६१/३/३१– ३ जना
१३१) जालभन्ज्याङ देउराली तनहुँ २०६१/५/२५ – ३ जना
१३२) पन्द्रुङ गोरखा २०५२/११/१– १ जना
१३३) दरौदी गोरखा २०५४/७/४– १ जना
१३४) सिम्लेपधेरो गोरखा २०५४/१२/८ –२ जना
१३५) ढोडेनी गोरखा २०५५/२/२०– ५ जना
१३६) जराङ गोरखा २०५५/३/२३ – १ जना
१३७) थुमी गोरखा २०५५/८/२६– ८ जना
१३८) केरावारी गोरखा २०५५/९/१३– ५ जना
१३९) बक्राङ गोरखा २०५६/१/८– ३ जना
१४०) गाखुँ बासपुर गोरखा २०५६/५/२३ –२ जना
१४१) तीनखण्डे गोरखा २०५६/४/१९–२ जना
१४२) अर्साङ हर्रा विसौना गोरखा २०५६/९/११ – २ जना
१४३) मिरकोट गोरखा २०५८/९/५– ३ जना
१४४) रिट्ठेपानी गोरखा २०५६/११/२ –२ जना
१४५) घैरुङ बतासे गोरखा २०५८/११/२८–२ जना
१४६) काशीगाउँ गोरखा २०६१/३/२४ – ३ जना
१४७) जफदी गोरखा २०६१/७/१९ – ३ जना
१४८) तीनखण्डे गोरखा २०६२/५/३– २ जना
१४९) छोपाक मैदान गोरखा २०५८/१०/२– २ जना
१५०) टक्सार गोरखा २०५८/९/१३– ६ जना
१५१) कालीगण्डकी स्याङ्जा २०५९/४/४ – २ जना
१५२) लक्ष्मीपुर बेलुवा दाङ २०५९/८/१९– ९ जना
१५३) फूलबारी बाख्रे दाङ २०५९/५/२३– ६ जना
१५४) रानागाउँ तुल्सीपुर दाङ २०५९/६/२१– ४ जना
१५५) गोलटाकुरी कौवाघारी दाङ २०५९/४/१६– ९ जना
१५६) नाराबाङ जैमकसला रोल्पा २०५३/४/२६– ५ जना
१५७) ह्वामा रोल्पा २०५३/१२/६ – ३ जना
१५८) दुवीडाँडा जसपुर रोल्पा २०५२/१२/१३– २ जना
- विविध हत्याकाण्डहरू
१) २०६१/११/८ सिसीहवा गाविस कपिलवस्तु –३ जना
२) २०६३/२/१८ हथिहवा गाविस कपिलवस्तु –२ जना
३) २०६३/११/९ बरईपुर गाविस कपिलवस्तु –३ जना
४)२०६३/ ११/८ चनई गाविस कपिलवस्तु –२ जना
५) २०६१/११/६ सिर्सिहवा कपिलवस्तु ५ जना
६) २०६१/११/६ गणेशपुर कपिलवस्तु २ जना
७)२०६१/११/६ भगवानपुर कपिलवस्तु ३ जना
८) २०६३/३/१३ हथिहवा कपिलवस्तु २ जना
९) २०६१/११/१० हदोना कपिलवस्तु २ जना
१०)२०५९/५/२४ गोखुङ्गा अर्घाखाँची ४ जना
११) २०५८/१/१२ छत्रगञ्ज अर्घाखाँची २ जना
१२) २०६०/८/१६ धनचोर अर्घाखाँची ३ जना
१३) २०६१/१/२४ हंसपुर अर्घाखाँची ४ जना
१४) २०६१/११/११ बाजी तिजुगेरा अर्घाखाँची ३ जना
१५) २०६२/२/९ जलुके अर्घाखाँची २ जना
१६) २०६१/२/८ हंसपुर रतननमनरे अर्घाखाँची २ जना
१७) २०६१/११/९ आर्यभन्ज्याङ पाल्पा ३ जना
१८) २०५८/१२/२९ मित्याल मुढावास पाल्पा ४ जना
१९) २०५९/४/१० रिब्दीकोट पाल्पा ३ जना पाल्पा
२०) २०५८/०११/२२ मदनपोखरा–पाल्पा २ जना
२१) २०६१/१/७ चिदीपानी–पाल्पा २ जना
२२) २०६१/६/११ सूर्यपुरा १, रूपन्देदी ४ जना
२३) २०५८/१२/१३ शिख–खिबाङ म्याग्दी ४ जना
२४) २०५९/९/२२ देवीस्थान ३ जना म्यादी
२५) २०६०/१२/८ ज्यामरुङकोट म्याग्दी ७ जना
२६) २०६१/८/३० गुठी प्रसौनी नवलपरासी ४ जना प्रतिकार समिति
- राज्यद्वारा जनयुद्धको समय गिरफ्तारपछि बेपत्ता पारिएका नागरिकहरू
झापा – १२, मोरङ – १७, सुुनसरी – १५, ताप्लेजुङ –४, पाँचथर – ३, इलाम – ३, ओखलढुङ्गा – १२, सोलुखुम्बु – १, उदयपुर – १०, भोजपुर – ४, खोटाङ – ५, सङ्खुवासभा – ५, काठमाडौं – १९, ललितपुर – ६ भक्तपुर – ६, रोल्पा – ६५, म्याग्दी – २, गुल्मी – २, सल्यान – ३७, बाग्लुङ – २३, कास्की – १८, गोरखा – २०, लमजुङ – १३, तनहुँ – १८, पर्वत – २, स्याङ्जा – ७, सप्तरी – ८, सर्लाही – ३, महोत्तरी – ८, धनुषा – ७, सिरहा – ३९, पर्सा – ५, रौतहट – १५, कपिलवस्तु – ११, नवलपरासी – १०, रूपन्देही – ४, धादिङ – २६, सिन्धुपाल्चोक – २०, सिन्धुली – १२, मकवानपुर – १६, नुवाकोट – २२, काभ्रेपलान्चोक – १७, चितवन – २३, दोलखा – १, रसुवा – ३, रामेछाप – ८, अछाम – २, दार्चुला – ८, कञ्चनपुर – ८३, कैलाली – १३, बाँके – ७६, दाङ – २९, कालिकोट – २४, दैलेख – १४, सुर्खेत – २४, हुम्ला – २, जुम्ला – ४, जाजरकोट – १५, बर्दिया – १९८ गरी ९९६ जनाको ठोस तथ्य फेला परे पनि हजारभन्दा बढी नै तत्कालीन राज्यले जनयुद्धको समय २०५२ देखि २०६२ सम्म माओवादी जनयुद्ध दमनको नाममा नागरिकहरूलाई कब्जामा लिएर बेपत्ता पारेको थियो ।
(स्रोत : सहिद तथा बेपत्ता योद्धा परिवार समाज, केन्द्रीय राजनीतिक प्रतिवेदन तथा विधान २०७२)
- जिल्लागत आधारमा जनयुद्धका सहिद संख्या
ताप्लेजुङ १३४, पाँचथर १५९, इलाम ९०, झापा ६१, मोरङ १३३, सुनसरी ४३, धनकुटा १७, तेह्रथुम ५९, सङ्खुवासभा ८०, भोजपुर ८१, खोटाङ ६०, सोलुखुम्बु ७३, ओखलढुङ्गा ७२, उदयपुर ५७, सप्तरी ३०, सिरहा १०८, धनुषा १०८, महोत्तरी ३५, सर्लाही ७२, रौतहट १६०, बारा ६४, पर्सा २४, मकवानपुर ९८, सिन्धुली १७१, रामेछाप ११८, दोखला १०३, काभ्रे १५५, ललितपुर १४, भक्तपुर ७, काठमाडौं १२, सिन्धुपाल्चोक १७९, रसुवा १८, नुवाकोट १४१, धादिङ १०७, चितवन ९८, नवलपरासी ६६, रूपन्देही ५४, कपिलवस्तु १०७, अर्घाखाँची ७०, गुल्मी ३३, पाल्पा ४२, स्याङ्जा ४२, तनहुँ ६५, लमजुङ ७३, कास्की ३७, पर्वत ३८, म्याग्दी ६९, बाग्लुङ ९५, प्यूठान ६३, रोल्पा ७४५, रुकुम ५२२, सल्यान १९९, दाङ ३०६, गोरखा १८८, बाँके ९८, बर्दिया १४३, सुर्खेत १५९, दैलेख १६९, जाजरकोट ३२९ कालिकोट ४११, डोल्पा ४३, जुम्ला १८०, हुम्ला १०६, दार्चुला ६६, बाजुरा १०८, बझाङ ७२, बैतडी ८४, डोटी ६१, अछाम १२६, डडेलधुरा ७०, कञ्चनपुर १४६, कैलाली ३३७ जना ।
मनाङ र मुस्ताङमा हत्या र सहादतको घटना भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबिच लागुऔषध विरुद्धको महाअभियानमा सहकार्य गर्ने
-
हाँसोको सिद्धान्त : किन हाँस्छ मान्छे ?
-
फिल्म‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन