शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

पब्लिक यूथ  क्याम्पस स्ववियु सभापतिमा  शाहीको उम्मेदवारी घोषणा

शनिबार, १७ फागुन २०८१, १४ : १२
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । अनेरास्ववियुका निराजन शाहीले राजधानीको पब्लिक यूथ क्याम्पस स्वविय   सभापतिमा उम्मेदवारी दिने भएका छन् । 

आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा  आफूले उम्मेदवारी दिने शाहीले बताए ।   दुई वर्ष अगाडि भएकोको स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित भएका शाही हाल अनेरास्ववियु पब्लिक यूथ क्याम्पस  कमिटीका अध्यक्ष समेत हुन् । 

विद्यार्थीको हकहितका लागि क्याम्पसमा सक्रिय रहँदै आएका शाहीले आगामी दिनमा पनि विद्यार्थीको सुखदुखमा साथ दिँदै विद्यार्थीको पक्षमा काम गर्नका लागि योजनाबद्ध काम गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?