लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार गर्न आवश्यक : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार आवश्यक रहेको बताएकी छन् । शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले लागुऔषध विरुद्धको महाअभियान नेपाल प्रहरी, स्थानीय सरकार र सरकारको मात्रै नभइ सम्पूर्ण नागरिकको भएको बताइन् । उनले लागुऔषध विरुद्धको दिवस हरेक वर्ष मनाइने गरेको भएपनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार आवश्यक रहेको बताइन् ।
उपप्रमुख डंगोलले भनिन्, ‘यो महाअभियान नेपाल प्रहरीको मात्र, स्थानीय सरकार, सरकारको मात्र होइन । यो हरेक व्यक्तिको अभियान हुनुपर्दछ । हामीले लागुऔषध विरुद्धका दिवस पनि मनाउने गर्दछौँ । त्यसमा लागुऔषधको प्रयोग र कारोबारलाई बन्द गरौँ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आइरहेका छौँ । यति मनाउँदा मनाउँदै पनि संख्या घट्नुपर्ने ठाउँमा बढिरहेको छ ।’
उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने