शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

ऊ आएको छ

शनिबार, १७ फागुन २०८१, १३ : १९
शनिबार, १७ फागुन २०८१

वनपाखामा रातो गुराँस फुलेसँगै
खेतबारीमा लहलह गहुँ वालि झुलेसँगै
यसपालि उ जनतासँग माओवादी नारा लिएर
पूर्व मेचीदेखि पश्चिम कालीसम्म सारा लिएर

ऊ आएको छ 
साँच्चै आएको छ
त्यसैले त वस्तिको आगो पनि रातै बल्न थालेको छ
यो हावाहुरीले पनि रातो रङ लिएर चल्न थालेको छ

यसपालि ऊ फरक ढङ्गले आएको छ
आफ्नो पुरानै असली रातो रङ लिएर आएको छ
त्यसैले त लालझुपडीको छानोमा पनि खुसी देखिन्छ
गरिब किसानको मानोमा पनि हर्ष भेटिन्छ

दलित आदिवासी र महिलाले पनि आस देख्न थालेका छन्
भोका नाङ्गा बालबालिकाले पनि केही खास देख्न थालेका छन्
हो उ आएको छ शिरमा रातो कफन बाँधेर
एक थान भ्रष्ट र दलालहरूलाई खोरमा लाँधेर

ऊ एक संकल्प गर्दै आत्मालोचना र गल्ती स्विकार्दै आएको छ
पुराना गस्ती सँगै पुराना बस्तीहरूमा
सधैँ दिने ऊ आज माग्न आएको छ
अधिकार दिने ऊ संघीयता दिने ऊ धर्मनिरपेक्षता दिने ऊ स्वतन्त्रता, सिंहदरबार र गणतन्त्र दिने ऊ आज आफै माग्न आएको छ माफी मन र मत

अब ऊ कहिल्यै नफर्कने गरेर आएको छ
त्यसैले त सूर्यको किरणमा पनि आशाको रातो चमक छ
उसका युवाहरूमा पनि जोसिलो र कसिलो तातो चमक छ
सायद धेरै पछि घाइतेका शब्दहरूले बोलेर होला
आज सहिदका सपनाले पोलेर होला
ऊ आएको छ

एउटा सोच संकल्प र सुनौलो बिहानी बोकेर जनताको घरदैलोमा घुम्दै फिर्दै डुल्दै
अभियानको दौरानमा झर्दै फक्रिँदै फुल्दै
हो ऊ आएको छ
यसपालि भने ऊ साँच्चै आएको छ
ऊ आएको आभास थाहा पाएर गाउँ गाउँहरूले
वस्ति बस्तीहरूले जिल्ला जिल्लाहरूले
उसलाई पर्खी रहेका उसका पुराना लाल किल्ला किल्लाहरूले उसलाई माफ गर्दै
उमङ्ग र आशाको रातो अनुहार पारेर
हातमा रातो अबिर सँगै राता लाली गुराँसका गुच्छा लिएर पर्खिरहेका छन् उसको लागि एकजुट भएर
एकीकृत भएरएक ढिक्का भएर मनै देखि उसलाई स्वागतम स्वागतम स्वागतम गर्न।
           
प्रदेश कमिटी सदस्य, अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत कुमार बोहोरा
अमृत कुमार बोहोरा
लेखकबाट थप

छुटाउनुभयो कि ?