गायक तथा सङ्गीतकार विक्रम राईको निधन
शनिबार, १७ फागुन २०८१, १२ : ४८

काठमाडौँ । गायक तथा सङ्गीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको हो ।
उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो अकल्पनीय घटनाले स्तब्ध बनाएको छ ।आज हामी माझ एक कुशल गायक, सङ्गीतकार रहनुभएन विश्वास गर्न धेरै गाह्रो भएको छ हामी सबैलाई । शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँहरूलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते