शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक

शनिबार, १७ फागुन २०८१, १२ : २८
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् । 

शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले तीन तहकै सरकारले लागूऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए । 

उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा—वडा स्तरबाट लागूऔषधबिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागूऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन उनले आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागूपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागूऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे । 

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागूऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागूऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्‍याउन जरुरी रहेको उनले बताए । लागूऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?