क्रिस गेलको नाममा सर्वाधिक रन

काठमाडौँ । वेस्ट इन्डिजका क्रिस लेग आईसीसी च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । च्याम्पियन्स ट्रफीको आठवटा संस्करण सकिँदासम्म गेलले १७ खेल खेल्दै कुल सात सय ९१ रन बनाएका छन् ।
गेलले सन् २००२ देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । च्याम्पियन्स ट्रफीमा उनले तीन शतक र एक अर्धशतक बनाएका छन् ।
च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा श्रीलंकाका माहेला जयाबर्द्धने छन् । जयाबर्द्धनेले २२ खेलको २१ पालीमा कुल सात सय ४२ रन बनाएका छन् ।
उनले सन् २००० देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । उनले पाँच अर्धशतक पनि प्रहार गरेका छन् ।
यो सूचीमा तेस्रो स्थानमा रहेका भारतका शिखर धवनले १० खेलमा कुल सात सय एक रन बनाएका छन् । उनले सन् २०१३ देखि सन् २०१७ सम्म च्याम्पियन्स ट्रफी खेलेका थिए । उनले च्याम्पियन्स ट्रफीमा तीन शतक र तीन अर्धशतक पनि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?