अपराध
रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या
शनिबार, १७ फागुन २०८१, १२ : ०९

बुटवल । रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएकाे छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको कार्कीले बताए । उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले खोजी भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड