कविता
धूर्त चतुर
शनिबार, १७ फागुन २०८१, ११ : ४६

हामी धूर्त चतुरकै पछि पछि
हिँडिरह्यौँ भने
‘हजुर, हजुर” भनी
हेपाइ खपिरह्यौँ भने
गाली बेइज्जती अपमान
सहिरह्यौँ भने
त्यो चतुर धूर्तले
हामीलाई सधैँ सधैँ
पछि पछि हिँडाइरहनेछ
दिनरात जहिले पनि
हेपिरहने छ
गाली बेइज्जती अपमान
गरिनै रहनेछ
त्यसैले
पछि पछि हिँड्नेहरू
हेपाइ खपिरहनेहरू
जे जे अपमान गरेपनि
चुपचाप सहनेहरू
छोडिदेऊ धूर्त चतुरको
पछि पछि हिँड्न
छोडिदेऊ ‘हजुर हजुर’ भनी
हेपाइ खपिरहन
छोडिदेऊ गाली बेइज्जती अपमान
चुपचाप सहिरहन
किनकि
हामी पनि
स्वाभिमानी मानव हौ
हामी भित्र पनि
अपार शक्ति छ
सही गलत निर्क्योल गर्न सक्ने
तीक्ष्ण बुद्धि छ
हामी आफै भित्र
सृजनशील
रचनात्मक
कार्य गर्ने क्षमता छ
हामी प्रत्येकमा
आइलाग्ने माथि जाइलाग्ने
बहादुर पुर्खाको रगत छ
समाज देश विश्वलाई
असल नेतृत्व दिन सक्ने
विवेकशील सुविचार छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
-
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?