बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको बिक्री सुरु

बुटवल । बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको विक्री वितरण सुरु भएको छ । निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पको बुटवल शाखाले बुटवलमा नयाँ म्याग्नाइट गाडीको बिक्री वितरण सुरु गरेको हो ।
नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टी र प्रविधिमा पनि निकै सुधार गरिएको छ । नवप्रवर्तन र ग्राहककेन्द्रित डिजाइनजस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितिसँगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास लिइएको कम्पनी जारी गरेको प्रेस नोटमा उल्लेख छ।
हालसम्म १ लाख ५० हजारभन्दा बढी युनिट बिक्री भइसकेको यस एसयूभीको सफलताले निसानको ‘एक कार, एक विश्व’ रणनीतिलाई प्रतिविम्बित गर्ने जनाएको छ।
निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुवै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । नयाँ निसान म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टताप्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ र नेपालका हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई थप मजबुत बनाएको छ ।
यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्ब प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डीआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुका साथै आधुनिक लुक्ससमेत दिइएको छ।रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठुलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमन्ड–कट एलोई ह्विल, फङ्क्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् ।
छवटा मोनोटोन तथा पाँचवटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा थ्री–प्वाइन्ट सिट बेल्ट, सिट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिवार्य गरिएको छ । ६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिएको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी सुविधा दिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा
-
ट्रम्प र जेलेन्स्कीको भेट कसरी चर्को बहसमा परिणत भयो?
-
भूमिसम्बन्धी अध्यादेशले निम्त्याएको आपत्
-
माधवनारायण–४ का वडाध्यक्ष मुखियाको निधन
-
रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
३ सय १ ग्राम ब्राउन सुगर जस्तो पदार्थसहित झापाबाट दुई जना प्रहरीको नियन्त्रणमा