शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

आज शून्य भेदभाव दिवस मनाइँदै

शनिबार, १७ फागुन २०८१, ०६ : ४२
शनिबार, १७ फागुन २०८१

काठमाडौँ । आज शून्य भेदभाव दिवस, विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । 

एचआइभी–सम्बन्धित कलंक र भेदभाव हटाउन कार्यको लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका ४१ देशहरू र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताअनुरुप यो दिवस मनाउने गरिएको छ । 

शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआइभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई  भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ । 

सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?