शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम

शनिबार, १७ फागुन २०८१, ०६ : २८
शनिबार, १७ फागुन २०८१

सिराहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ सिराहा आइपुगेका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिराहा आएका हुन् । 

आज बिहान उनले नवराजपुर १ की स्वर्गीय रिङ्कु सदायको परिवारसँग भेटघाट गर्ने कार्यतालिका छन । सदायको सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु भएको थियो । 

त्यसैगरी बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहैया, औरही, गणेशपुर, कृष्णपुर चोकमा भेटघाटपश्चात् अपराह्न सिराहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जनसभा पश्चात् बसविट्टा चोक हुँदै धनुषाको लागि सो समूह अघि बढ्ने कार्यतालिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?