शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे

शनिबार, १७ फागुन २०८१, ०५ : १७
शनिबार, १७ फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगामा लस पल्मस र रियाल भालाडोलिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती भएको खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको २२औं मिनेटमा लस पल्मसका सान्ड्रो रामिरेजले गोल गरे । २९ औं मिनेटमा स्कट मकेनाले रातो कार्ड पाएपछि पाहुना टोली पल्मस १० जनामा समेटियो । भालाडोलिडका तर्फबाट ६३ औं मिनेटमा जुआनमी लतासाले गोल फर्काए । 

यो बराबरीपछि लस पल्मस अंक तालिकाको १६ औं स्थानमा रहँदा भालाडोलिड रेलिगेशनबाट पनि पुछारमा छ । लिगमा बार्सिलोना र रियाल मड्रिडको टक्करको स्थिति छ । दुबैको समान २५-२५ खेलबाट समान ५४-५४ अंक छ । 

गोल अन्तरका आधारमा बार्सिलोना पहिलो र रियाल मड्रिड दोस्रोमा छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५३ अंक छ । लिग उत्तरार्धतिर आइपुग्दा थप प्रतिस्पर्धात्मक तथा रोचक हुँदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?