बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
शनिबार, १७ फागुन २०८१, ०४ : ३७

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । शुक्रबार राती भएको खेलमा बायर्नले भीएफबी स्टुटगार्टलाई ३-१ गोल अन्तरले हराएको हो ।
सुरुवाती अग्रता भने घरेलु टोली स्टुटगार्टले लिएको थियो । उसका लागि एन्जेलो स्टिलरले ३४ औं मिनेटमा गोल गरे । पाहुना टोली बायर्नले पहिलो हाफमा एक गोल फर्कायो । ४५ औं मिनेटमा माइकल ओलिसेले गोल गरे ।
यस्तै, बायर्नका लागि लियों गोरेन्ज्का र किंग्सले कोमनले एक-एक गोल गरे । यो जितसँगै बायर्नको २४ खेलबाट ६१ अंक भएको छ । दोस्रो स्थानको बायर लिभरकुजेनको २३ खेलबाट ५० अंक छ भने आइन्ट्राच्ट फ्र्यान्कफर्टको समान खेलबाट ४२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
-
ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित