शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई

शुक्रबार, १६ फागुन २०८१, २३ : ०२
शुक्रबार, १६ फागुन २०८१

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आज सम्पन्न प्रथम तरूण कप भलिबल प्रतियोगिताको उपाधि पुरूषतर्फ बेनी नगरपालिका–९ घतान र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । 

म्याग्दी प्रदेशसभा क्षेत्र १९१० अन्तर्गतका बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडास्तरीय पुरूष भलिबल प्रतियोगितामा रघुगङ्गा गाउँपालिका–२ भगवतीलाई दुईका विरूद्ध तीन सेटले पराजित गर्दै घतान विजयी भएको हो । 

नेपाल तरूण दल म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ वटा वडाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा घतानले भगवतिलाई पहिलो, चौथो र पाँचौ सेट ३१–२९, २५–१९ र १५–११ को अन्तरमा जितेको थियो । दोस्रो र तेस्रो सेट भगवतीले घतानलाई २५–२१ र २५–२२ को अन्तरमा जितेको थियो । 

ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेताले रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले रू ६६ हजार छ सय ६६ नगद पुरस्कार प्राप्त गरेका तरूण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

पाँच वटा स्थानीय तह सहभागी स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिकालाई पराजित गर्दै अन्नपूर्णले उपाधि चुमेको हो । अन्नपूर्णले मङ्गलालाई पहिलो, दोस्रो र चौथो सेट २५–२३, २५–१५ २५–१९मा पराजित गरेको थियो । मङ्गलाले तेस्रो सेट २५–२१ को अन्तरमा जितेको थियो । 

महिला भलिबलमा ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेतालाई रू ७७ हजार सात सय ७७ र उपविजेतालाई रू ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरिएको तरूण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले बताए ।

विजेता र उपबिजेता खेलाडीहरूलाई प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर), उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी (केबी), तरूण दलका कार्यवाहक अध्यक्ष रोकालगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरूण कप पुरूष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–२ बाबियाचौरलाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै मङ्गला गाउँपालिका–५ अर्मनले जितेको थियो । 

भलिबल प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको गित तथा नृत्य प्रस्तुतीकासहितको तरूण साँझ पनि भएको थियो । म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रवर्द्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरूण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ (विश्वास) ले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?