बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन

काठमाडौँ । नेकपा एमालेका महासचव शंकर पोखरेलले काठमाडौं महानगरको मेयर वालेनले शाहले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् । तर पछिल्लो समय काठमाडौँ महानगरमा किन कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा शाहको ध्यान पुगेको नदेखिएको पोखरेलले बताएका छन् ।
शुक्रबार राति पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई जवाफ दिँदै कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्ने पनि बताएका छन् । मेयर बालेन शाहले शुक्रबार साँझ संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोजेको आरोप लगाएका थिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’
शाहको स्टाटसपछि महासचिव पोखरेल स्टाटस लेखेका हुन् । ‘काठमाडौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन’, महासचिव पोखरेलले भनेका छन्, ‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन