१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा

आज मिति २०८१ साल फागुन १६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजेको १० समाचार लिएर हाजिर भएका छौँ–
१. जसपा र लोसपालाई अध्यादेशमा मनाउन सत्तारुढ दलको प्रयास
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्लाई सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने विधेयकहरू उपलब्ध गराउने निर्णय गरेको छ ।
२. एकाबिहानै भूकम्पको धक्का
शुक्रबार बिहान काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।
३.संविधान संशोधनका लागि कांग्रेसले कार्यदल बनाउने
सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
४.कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै गर्ने कि पछि सार्ने भन्ने नेताहरूबिच चर्चा र छलफल भइरहेका बेला अर्को दल नेकपा एमालेको महाधिवेशन भने समय अगावै गर्ने चर्चा हुन थालेको छ ।
५. छोरा घर फर्कने आशामा बिपिनका आमाबुबा
इजरायलमा हमासको कब्जामा परेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ। छोरो कहिले फर्किन्छ भन्ने पर्खाइमा उनका बाबु महानन्द जोशी र आमा पद्मा जोशी १७ महिनादेखि व्याकुल छन्। युद्धले मात्र होइन, पर्खाइको पीडाले पनि उनीहरूलाई थकित बनाएको छ।
६. माओवादीको पूर्व–पश्चिम तराई–मधेस जागरण अभियान
कोशी प्रदेश अन्तर्गत झापाको कचनकवलबाट चार दिन अगाडि सुरु भएको माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित पूर्व–पश्चिम तराई–मधेस जागरण अभियान बिहीबार साँझ मधेस प्रदेश प्रवेश गरेको छ ।
७. सत्यराज आचार्य अब साहित्यकार ‘सराज’ पनि
सत्यराज आचार्य गायक तथा संगीतकारका रूपमा सर्वपरिचित छन् । फिल्म तथा म्युजिक भिडियोसमेत अभिनय गरेका उनको यो अर्को परिचय हो । गायक, संगीतकार र कलाकारपछि उनले फेरि अर्को परिचय थपेका छन्, साहित्यकार ।
८.मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने
नयाँ सवारी तथा यातायात ऐनमा सडक सुरक्षादेखि जरिवानासम्ममा कडाइ गर्न लागिएको छ । मोटरसाइकल वा स्कुटरमा चालक र पछाडि बस्ने यात्रुले समेत अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था प्रस्तावित ऐनमा गरिएको छ ।
९.रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौँ जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
१०. निलम्बित सचिव पाण्डे अनिवार्य अवकाशमा गएपछि सचिव सिफारिस
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाशमा गएपछि तीन सहसचिवको सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई