शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

तराईमा ८० भन्दा बढी प्रकारका जौको अनुसन्धान गरिँदै

शुक्रबार, १६ फागुन २०८१, २१ : ३४
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । तराईमा ८० भन्दा बढी प्रकारका जौको अनुसन्धान गरिँदै छ । प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिबासले जलवायु परिवर्तनको सामना गर्न खडेरी र गर्मी सहन सक्ने स्थानीय जातको जौ पहिचान गर्न अनुसन्धान गरिरहेको छ । 

यस कलेजका अनुसन्धानकर्ता तथा प्रधानाध्यापकका अनुसार, विभिन्न क्षेत्रहरूबाट ८० भन्दा बढी स्थानीय जातका जौ सङ्कलन गरिएका छन्, जसमा केही नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट र केही किसानका खेतबारीबाट संकलन गरिएका छन् ।  

अनुसन्धानकर्ताहरूका अनुसार, स्थानीय जातहरू बदलिँदो जलवायु परिस्थितिमा सुधारिएको जातको तुलनामा बढी सहनशील हुने सम्भावना हुन्छ। यस अनुसन्धानबाट केही उत्कृष्ट स्थानीय जातहरू पत्ता लगाएर आगामी बाल सुधार र प्रजनन कार्यक्रमका लागि प्रयोग गर्न सकिने विश्वास गरिएको छ।  

यस परियोजनामा बीएससी एग्रिकल्चर अन्तिम वर्षका तीन विद्यार्थीहरूले अनुसन्धान गरिरहेका छन्। एक महिनापछि खडेरी र गर्मी सहन सक्ने उत्कृष्ट जातहरू छान्न सकिने अपेक्षा गरिएको छ। यो परियोजना विश्वविद्यालय अनुदान आयोग र कृषि तथा वन विश्वविद्यालय, नेपालको सहयोगमा सञ्चालन भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?