काठमाडौँ । वर्षकै प्रतीक्षित एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेदेखि रिलिजमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठकाे भरपुर एक्सनले भरिएको छ । फिल्मको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब रहेको अनुमान गर्न सकिन्छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।
विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।
फिल्ममा समावेश केही संवादहरू दर्शकको नजरमा पर्न सक्छन् । ‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन् । तर, बाघलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै सिकार गर्छ ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् । जस्तै ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्’ भन्ने संवाद पनि हिट हुने देखिन्छ ।
नेपालमा यो वर्ष एक्सन कथाका फिल्मलाई रुचाइएको छ । यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो फिल्मले पनि दर्शकको साथ पाउने विश्वास निर्माण युनिटको छ ।
प्रतिक्रिया