सिन्धुपाल्चोक प्रशासनले भन्यो– भूकम्पबाट मानवीय क्षति भएन, जनजीवन सामान्य छ

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पबाट भएको क्षतिबारे जानकारी गराएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति जारी गर्दै भूकम्पबाट मानवीय क्षति नभएको र जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहेको जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार मेलम्ची नगरपालिका–११ का ४३ वर्षीय भूकम्पमा परी घाइते भएका रुपेश तामाङको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस्तै लिसंखुपाखर गाउँपालिका–४ तमसुवारीका सुमन गौतमको घर चर्किएकाले बुवा पदम बहादुर खत्रीको घरमा बसिरहेका छन् । बाह्रविसे नगरपालिका–२ गुम्बेडाँडाका करे तामाङको घरको पर्खाल भत्किएको छ भने भाग्ने क्रममा उनकी श्रीमती गीता तामाङ घाइते भएकी छन् ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार प्रहरी चौकी लगायत एक निजी आवासमा सामान्य क्षति र ए निजी आवास पूर्ण क्षति भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन