कांग्रेस बैठकमा महामन्त्री थापा, सिटौला र श्रेष्ठ अनुपस्थित
शुक्रबार, १६ फागुन २०८१, १९ : २३

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा तीन नेता अनुपस्थित भएका छन् । शुक्रबार अपराह्न पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री तथा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति गोपालमान श्रेष्ठ अनुपस्थित भएका हुन् ।
महामन्त्री थापा पोखरामा गएको भएपनि हवाई जहाज मौसमका कारण उड्न नसकेकाले अनुपस्थित भएको मुख्यसचिव पौडेलले जानकारी दिए । त्यस्तै पूर्वउपसभापति श्रेष्ठ कार्यक्रमका लागि महेन्द्रनगरमा छन् भने सिटौला गृहजिल्ला झापामा भएकाले अनुपस्थित भएका हुन् ।