शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

त्रिभुवन आर्मी क्लब केपी ओली कपको फाइनलमा

शुक्रबार, १६ फागुन २०८१, १९ : १८
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा संकटा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुने छ ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?