संविधान संशोधनका लागि कार्यदल बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
त्यस्तै बैठकमा ताप्लेजुङको पाथीभरामा क्षेत्रमा बनाउन लागिएको केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ । बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्या वार्ताका माध्यमबाट समाधान गर्ने विषयमा सुझाव दिने नेताहरूले बताएको जानकारी दिए ।
बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा नेताहरूले दिएको सुझावका आधारमा सत्तारुढ दलको संयन्त्रमा कुरा राख्ने निर्णय भएको मुख्यसचिव पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार कुन राशिका लागि शुभ ?
-
एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु