‘फेरि रेशम फिलिली’लाई सकारात्मक प्रतिक्रिया, हलमा पुगेर दर्शक भेट्दै कलाकार

काठमाडौँ । बुधबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ले प्रतिदिन राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मको वर्डअफ माउथ बलियो भएको कारण दर्शक बढेको निर्माता युनिटले जनाएको छ । फिल्म हेर्ने अधिकांशले कथावस्तु र फिल्मको सन्देश राम्रो लागेको निर्माता रौनक विक्रम कँडेलले बताए ।
फिल्ममा दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै कलाकार तथा निर्माण युनिट विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । हलमा कलाकारलाई देख्दा दर्शकले सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका छन् ।
निर्देशक निरोज महर्जनले दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले आफ्नो काम सफल भएको प्रतिक्रिया दिए । उनले सुरुवाती दुई दिन वार्मअप भएको भन्दै शुक्रबार भन्दा शनिबार दर्शकको साथ राम्रो मिल्ने अनुमान लगाए ।
अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुसी व्यक्त गरिन् । आफ्नो अघिल्ला फिल्मको तुलनामा आफ्नो अभिनय धेरै सुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा